Logo

कोरोनाको जोखिम घटेको छैन : डा. गौतम



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम नघटेको स्पष्ट पारेका छन् । उनले भने,’सबैले आफ्नो ज्यानको सुरक्षा गर्नुपर्छ । नभए फेरि संक्रमण बढ्न सक्छ । हाम्रो जोखिम कम भएको छैन । हामीले यो कुरा बारम्बार भनिरहेका छौँ । जोखिम घट्यो अब सब ठिकठाक भयो भनेर नहिड्नुस् भनेर म विनम्रतापूर्वक अनुरोध पनि गर्दछु ।’ सबै कुरालाई ध्यान दिएर सरकारले बन्दाबन्दी (लकडाउन) हटाएको पनि उनले स्पष्ट पारेका छन् । बिहीबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता गौतमले कोरोना नियन्त्रणमा जनताको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने जनाए । कुराकानीको क्रममा डा. गौतमले भनेका छन्-‘सरकारले भनेर कोरोना नियन्त्रण हुँदैन । यसमा सर्वसाधारणको भूमिका उत्तिकै महत्वपूर्ण छ । एक जनालाई मात्र पनि कोरोना लाग्यो भने त्यसले धेरैलाई सार्न सक्ने भएको हुनाले सरकारका मापदण्डहरू सबैले पालना गर्नुपर्दछ । यस्तो महत्वपूर्ण कुरामा पनि हेलचेक्रयाँई गर्न हुन्छ र ? ‘ प्रस्तुत छ डा. गौतमसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

विश्व स्वास्थ्य संगठनले भन्यो, खुकुलो पार्दा भाइरस फैलन सक्छ । नेपालले किन लकडाउन हटायो भनेर अहिले प्रश्न उठ्न थाल्यो नि ?

हामीले लकडाउन ४ महिना ग¥यौँ । यस बेलामा हामीले तयारीहरू ग¥यौँ । हामीले टेस्टिङको क्यापासिटीलाई बढायौं । नेपालमा पि.सि.आर टेस्ट नभएको देशमा हामीले दिनमा १०,००० भन्दा बढी टेस्टहरू गर्ने क्षमता बनायौं । अहिले पाँच/छ हजार टेस्टहरू भइरहेका छन्, दिनमा । हामीले मान्छेहरूलाई पनि सिकायौं । जनस्वास्थ्यका मापदण्डहरू पालना गर्ने कुरा, अर्को कुरा हामीले बोर्डरहरूमा पनि टाइट ग¥यौँ र बर्डरबाट आउनेहरूलाई क्वारेन्टाइनमा राख्ने, टेस्ट गर्ने घर पठाउने, हवाई मार्गहरूबाट आउनेहरूलाई पनि काठमाडौँमा राख्ने, उहाँहरूलाई टेस्ट गरेर घर पठायौँ । भोली कोरोनाले भन्दापनि भोकमरीले समस्या पार्छ । सबै कुरालाई ब्यालेन्स गर्र्दै यो लकडाउन हटाइएको हो । लकडाउन हटाउँदैमा भिडभाड गर्ने, स्कुल कलेजहरू, सिनेमा हलहरू, अहिल्यै खोलिहाल्ने, भोजभत्तेरमा मान्छे जम्मा हुने यस्तो कुरामा बन्देज लगाएर लकडाउन खुकुलो भएको हो ।

जनता मान्दैनन् । हाम्रो देशमा लकडाउन खुकुलोसँगै जोखिम बढिरहेको छ, सवारीसाधन प्रयोग गर्दाखेरि ?

सरकारले भनेर कोरोना नियन्त्रण हुँदैन । यसमा सर्वसाधारणको भूमिका उत्तिकै महत्वपूर्ण छ । एक जनालाई मात्र पनि कोरोना लाग्यो भने त्यसले धेरैलाई सार्न सक्ने भएको हुनाले सरकारका मापदण्डहरू सबैले पालना गर्नुपर्दछ । यस्तो महत्वपूर्ण कुरामा पनि हेलचेक््रयाइँ गर्न हुन्छ र ?

आजबाट सबै सवारीसाधन चल्दै छ । हेलचेक्रयाँई हुँदैछ ?

यातायात चल्ने ठीक छ तर सावधानी र दूरीसहित चलाउनुपर्दछ ।

हाम्रो देशमा स्वास्थ्य सुरक्षाबिना नै यात्रा हुन थालेको छ ?

त्यो कसैले गरेको छ भने त्यो गर्नु हुँदैन भनेर म अहिले पनि भन्न चाहन्छु । सरकारका मापदण्डलाई कडाइका साथ लागू गर्छौँ ।

रोकथामका लागि परीक्षणमा जसरी दायरा बढाउनुपर्छ, तर तपाईहरुले त्यसरी काम गर्न सक्नुभएन ?

हाम्रो क्वारेन्टाइनमा १,९०,००० हुँदाखेरि दिनको २५,००० मान्छे छिर्दाखेरि हामीले दिनमा १०,००० टेस्ट गर्ने भनेर तयारी ग¥यौँ । हिजोको दिनमा पुनर्मुल्यांकन गर्दा १२,००० टेस्ट गर्ने क्षमता छ । आर.एन.ए. एक्स्ट्राक्ट हामीसँग ७ ओटा छ । अर्को हप्ताबाट दिनमा पन्ध्र हजार टेस्ट गर्ने क्षमता हुन्छ तर अहिले दिनमा भारतबाट १,५०० जति मान्छेहरू आउँछन् । हवाईबाट १,००० जति मानिसहरू आउँछन् । हामीले बाहिरबाट आएका मानिसहरूको टेस्ट गरेका छौँ । जसको पोजिटिभ आएको छ, उसको वरिपरिको प्राइमरी कन्ट्याक्टहरूको टेस्ट गरेका छौँ । त्यसबाहेकका जाँचहरू हामीले कम्युनिटिा मानिसहरूको गरिरहेका छौँ । ५,००० टेस्ट गर्दाखेरि जम्मा ३ जनाको पोजिटिभ आयो । २ जना विदेशबाट आएको र १ जना व्यापारमा काम गर्ने महिलाको आयो । कहिलेकाही ४,००० जस्तो भएको छ, नभए हामीले दिनमा पाँच छ हजारको दरले जाँच गरेका छौँ । अरू ४५,००० मानिसहरूको जाँच गर्न लागिरहेका छौँ । भोली संक्रमण बढ्यो भने टेस्टलाई बढाछौँ ।

राजविराजमा कोरोना संक्रमण फैलियो भन्ने सूचना जारी भयो ?

जहाँ/जहाँ संक्रमित बढी हुनुहुन्छ, उहाँहरूको कन्ट्याक्टमा आउने मानिसहरूमा संक्रमण भएको होला । हामीले गरेको ९७ प्रतिशत विदेशबाट आएकाहरूमा छ र ३ प्रतिशत मानिसहरूमा त्यस्तो स्थिति छैन । स्वास्थ्य मापदण्ड पालना गर्ने र सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, अनावश्यक तरिकाले नहिँड्ने, हात राम्रोसँग साबुन पानीले धुने, स्यानिटाइज गर्ने, यी साबधानी अपनायौँ भने संक्रमढा बढ्दैन । मानिसहरूले यही कुरालाई पालना नगरेका पनि छन् ।

महामारी सकिएको छैन, सावधानी अपनाउनुपर्छ भन्ने निष्कर्ष हो ?

जोखिम घटेको छैन । सबैले आफ्नो ज्यानको सुरक्षा गर्नुपर्छ । नभए फेरि संक्रमण बढ्न सक्छ । हाम्रो जोखिम कम भएको छैन । हामीले यो कुरा बारम्बार भनिरहेका छौँ । जोखिम घट्यो अब सब ठिकठाक भयो भनेर नहिड्नुस् भनेर म विनम्रतापूर्वक अनुरोध पनि गर्दछु ।



प्रतिक्रिया दिनुहोस्