Logo

लकडाउन खुलेसँगै लमजुङका विद्यालय खुल्न थाले



लमजुङ, ९ साउन। लमजुङका सामुदायिक विद्यालय खुल्न थालेका छन् । सरकारले लकडाउनको अन्त्य गरेसँगै जिल्लाका विद्यालय खुल्न थालेको हो । कोरोना भाइरस कोभिड १९ संक्रमणले चार महिनाको लामो लक डाउनका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यालय खुला गरेको विद्यालयले जनाएको छ ।

बेंसीसहर नगरपालिका ३ बाहुनबेंसीको यशोब्रह्मा माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद बरालका अनुसार विद्यार्थीको पठनपाठनमा सहज बनाउन साउन ५ गतेबाट विद्यालय सञ्चालन गरिएको छ । लामो समय विद्यालय नखुल्दा विद्यार्थीमा परेको समस्यालाई मध्यनजर गर्दै उच्च सतर्कताका साथ विद्यालय खुलाइएको उहाँले बताउनुभयो । ‘लामो समय लकडाउन भयो । विद्यालय बन्द भयो । विद्यालय नखुल्दा विद्यार्थी घरमा बस्दाबस्दै आत्तिए । अभिभावकले पनि विद्यालय खुलाउन माग गरे’ उहाँले भन्नुभयो, ‘विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समितिबीच सल्लाह ग¥यौं । कोरोना संक्रमणबाट बच्ने तौरतरिका अपनाउँदै उच्च सतकर्ताका साथ विद्यालय खुलायौं ।’

उहाँका अनुसार विद्यालयमा विद्यार्थीबीच सामाजिक दुरी कायम गरिएको छ । साबुनपानीले हात धुने व्यवस्था गरिएको छ । कक्षाभित्र पस्दा स्यानीटाइजर प्रयोग गर्ने, एउटा बेन्चमा २ जनामात्र राखेर पढाइने गरिएको छ । शौचालय जाँदा पनि एक÷एक जना पठाउने गरिएको उहाँले बताउनुभयो । यसअघि १० बजेदेखि ४ बजेसम्म विद्यार्थीलाई अध्ययन गराइँदै आएकोमा अहिले विहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म मात्र पढाउने गरिएको छ । उनीहरुलाई अहिले तत्काल विद्यालयको तालिका अनुसार ५ वटा विषय पढाउने गरिएको र अर्को हप्ता बाँकी विषय पढाइने छ । २ सय ४७ जना विद्यार्थी रहेको विद्यालयमा ५० प्रतिशत विद्यार्थी मात्र आएका छन् । २० जना नयाँ भर्ना भएका खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot