Logo

अमिताभले ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज हुँदा के भने



एजेन्सी, १३ साउन । बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका परिवार कोविड–१९ पोजेटिभ भएकोले केहि समय देखि अस्पतालमा भर्ना भएका छन् । तर बुहारी ऐश्वर्या र आराध्या बच्चन जाँचमा रिर्पोट नेगेटिभ आएप्छि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सुपरस्टार अमिताभ र अभिषेक भने केहि दिनसम्म डाक्टरको निगरानीमा बसेर अस्पतालबाट डिस्चार्ज हुनेछन् । नातिनी आराध्या र बुहारी ऐश्वर्या राय अस्पतालबाट डिस्चार्ज हुँदा अमिताभ निकै भावुक भए । उनको आँखाबाट आँसु झारे । अमिताभले ट्विटर र इन्स्टाग्राममार्फत यसको जानकारी दिएका थिए । उनले उनीहरु अस्पतालबाट घरमा जाँदा आफ्नो आँखाबाट आँशु नरोकिएको बताएका छन् ।

साथमा भगवानलाई धन्यवाद पनि दिएका छन् । र ऐश्वर्या राय र नातिनी आराध्याको तस्वीर पनि सेयर गरेका छन् । यो भन्दा पहिला नातिनी र बुहारी अस्पतालबाट डिस्चार्ज हुने जानकारी पनि उनले नै दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot