Logo

उपत्यकासहित देशभर ठुलो संख्यामा कोरोना संक्रमित थपिए



काठमाडौं, २४ साउन । काठमाडौं उपत्यकासहित देशभर ठुलो संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । थप व्यक्तिको मृत्यु समेत भएको बुझिएको छ । यसको औपचारिक जानकारी अपरान्ह सवा चार बजे स्वास्थ्य मन्त्रालयले प्रेस ब्रिफिङमार्फत् जानकारी दिने भएको छ ।

आज संक्रमित थपिएसँगै कुल संक्रमित साँढे २२ हजार पुगेको बुझिएको छ । हिजोसम्म २२ हजार २ सय १४ संक्रमित थपिएका थिए । ७० जनाको मृत्यु भइसकेको छ । आज थप व्यक्तिको मृत्यु समेत भएको छ ।

पछिल्लो समय दिनहुँ संक्रमणबाट मृतक थपिइरहेका छन् । कोरोना महामारी फैलन नदिने सरकारले काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरहरुमा लकडाउन, आंशिक लकडाउन र निषेधाज्ञा समेन जारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot