Logo

नेपाली राजनीतिमा युवाहरूको भविष्य र खाँचो !



उज्जल धमला “बिबस” : “गणतन्त्र पश्चात् अधिकांश नेपाली युवा वर्गलाई राजनितिमा अत्याधिक रुचि भएको छ,! तर युवा वर्ग राजनितिमा प्रत्यक्ष रुपमा भाग लिन पाईरहेका छैनन्। नेपालमामात्र होइन अधिकांश तेस्रो बिश्वका मुलुकहरुमा युवा वर्गले राजनितिमा प्रत्यक्ष भाग लिन पाईरहेका छैनन्। यी राष्टहरुमा युवाको नाममा राजनीति त गरिन्छ जब युवाहरुलाई अबसर दिने समय आउँछ। त्यो बेला बृद्ध नेतृत्वले यहाँ अबसर दिन हिचकिचावट गरेको पाईन्छ ! यी राष्टहरुका न कुनै पार्टी, न कुनै नेता, न कुनै संगठन ईत्यादिले युवाहरुलाई पछाडि पारेको देखिन्छ!

नेपालमा पनि यही अबस्था ब्याप्त छ, युवाकै नाममा राजनिति विभिन्न राजनितिक दलले गरेको हुन्छ ! तर पद दिने बेला हुन्छ,अथवा राजनीतिमा प्रबेश गर्न चुनावको समयमा टिकट दिने बेला बर्तमान नेताको दृष्टिले साधारण नेपाली नागरिकको छोराछोरीलाई युवा देखिदैन। देख्छन् त सिर्फ कुनै मन्त्री संसद र बरिष्ठ नेतृत्व र राजनीतिक घरनिँयाका छोराछोरी मात्र युवा उनीहरू को आखाले, ठम्याँउछन् नेपाली राजनीतिमा राजनीतिक परिवारको योगदानलाई मध्यनजर राख्दै, एक २ सिट दिन सकिन्छ,! तर अधिकांश सिटहरु नै राजनितिज्ञ को परिवार र उनका नजिकका ब्यक्ति युवाले प्राप्त गरेको अबस्थामा साधारण नेपाली जनताबाट अाएका युवाले कहिले प्राप्त गर्ने भन्ने प्रश्न आईरहेको छ। हरेक पटक चुनाबमा युवाहरुले बढिभन्दा बढी टिकट पाउनै पर्छ तर पाईरहेका छन् ।

संसद र मन्त्रीका परिवारका युवाले जस्तो नेपाली जनताको आबश्यकता ईच्छा र आकाङ्क्षालाई आत्मसात गरेको हुँदैनन्। तसर्थ नेपाली जनताको ईच्छा र समस्यालाई बुझेका युवा राजनीतिज्ञको खाँचो अब नेपाल र नेपाली ले महसुस गरिसकेका छन्। आजसम्म बिश्व ईतिहास हेर्ने हो भने राजनितिमा आउने हरेक मानिसलाई युवा भन्ने गरिन्छ। तर युवा ब्यक्ति होइन देश युवा हो । ब्यक्ति बुढा हुन्छ। मरेर जान्छ तर देश कहिले बुढा हुदैन। देशको राजनीति पनि कहिले बुढा नहुने हुँदा बास्तवमा राजनीति मा युवा भनेको देश हो। तर साधारण रुपमा प्रबेशको लागि उमेर निश्चित गरिएको हुन्छ! तर राजनीतिक बाट अबकाश नहुँदा नेतृत्व सबैलाई युवा भन्ने परिपाटी बिश्वभरी नै ब्याप्त छ,। तर बास्तबमा युवा बढिमा ५० बर्ष सम्म को लाई भन्ने गरिन्छ। नेपालमा अधिकांश दक्ष युवाको राजनीतिमा आकर्षण किन देखिदैन भन्ने पनि प्रश्न बारम्बार आउने गरेको छ।

नेपाली युवाले पटक/पटक देशको प्रमुख नेतृत्वमा युवा को प्रतिनिधित्वको माग भै रहेको अबस्थामा आजको नेतृत्व बर्गले सजिलो संग युवा लाई मौका दिदैनन्। तसर्थ अब युवाले राजनीति मा ठाउँ देउ भनेर कराउन छाड्नुपर्छ। अब नेपाली युवाले आफ्नो क्षमतामा अग्रसर देखाउनुपर्छ। कि ती नेतृत्व र राजनीति ब्यबस्था युवालाई मौका दिन अाफैं बाध्यं हुनेछन् । जुनदिन युवाहरु बृद्ध शाषकको मजदुरी बन्ने छन्। त्यो दिन युवाहरुलाई त्यो बृद्ध नेतृत्व ले नाकको चालले ठाँउ अबस्य दिने छन्। जुन दिन ती नेताले युवाले मेरो कुर्सि, छिर्ने क्षमता राख्छ ! या युवा कुनै राजनीतिक पृष्ठभूमि बिना सक्षम र दक्ष छ र शासन ब्यबस्थामा जानकारी राख्ने क्षमता र हैसियत राख्छ भने थाहा हुन्छ। त्यो दिन त्यो नेतृत्वले युवालाई प्रतिस्पर्धी होइन सहकर्मी बनाउन खोज्छ । त्यो बेला उसले युवा लाई पद दिन्छ, स्पेस दिन्छ, टिकट दिन्छ, चुनाबार्फत संसद बनाउन योग्य बनौं । आज युवाहरुले सबै क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गरेकै छन्। क्षमतावान् ईन्जिनियर्स, डाक्टर,बैङ्कर्ष ,प्रध्यापक, वकिल,प्रशाषक, ब्यापारी छन्। तर त्यही क्षमतावान् युवा राजनीतिककर्मी किन छैन? भन्ने प्रश्न प्रत्यक नेपाली नागरिक ले नेतृत्व संग मात्र होइन आफुसंग पनि गर्नुपर्छ। अब प्रत्यक युवाले नेताको झोला बोक्ने कार्यकर्ताभन्दा, माथी उठेर आफ्नो ताकत र क्षमतालाई चिनेर अगाडि आउनैपर्छ। नेपाली युवालाई कसैको सपोट चाहिदैन,। कसैले साथ दिए पनि नदिए पनि म राजनीतिमा क्षमतावान् बनेर सबै हासिल गर्न सक्छु भनेर अगाडि आउनु पर्छ। हरेक युवाहरुलाई आफ्नो क्षमताको पहिचान हुँदै आफुप्रती भरोसा हुनुपर्छ। जुन दिन बिना साहारा नेपाली युवा उभिन सक्छ! त्यो दिन यो देशको राजनीति पनि आदर्शबादी बन्छ । र नेपाल पनि बदलिएको हुन्छ !



प्रतिक्रिया दिनुहोस्