Logo

१७ जना महिला जुवाडे पक्राउ



कास्की, २९ साउन । तास खेलिरहेको अवस्थामा १७ जना पक्राउ परेका छन् । पोखरा मिलनटोलमा बस्ने मझेरीपाटन घर भएकी ज्ञानु हमालको कोठामा तास खेलिरहेको अवस्थामा हमाल लगायत १७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । उनीहरु सबै महिला हुन् ।

हमालको कोठामा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले नगद १ लाख २ हजार ४ सय ९० रुपैयाँ र ८ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्