Logo

पुर्वजको राम्रो या नराम्रो कार्यको सन्ततीमा असर



दुख र सुख दुइटै एकै सिक्काका दुई पाटा हुन् । जिन्दगीभर यी दुईको सिलसिला चलिरहन्छ । यदि कसैले राम्रो कर्म गर्छ भने उसलाई राम्रो हुन्छ । यसको विपरित यदि कसैले नराम्रो काम गर्छ भने उसलाई नराम्रो हुनु स्वभाविक हो । कहिलेकाँही राम्रो काम गर्दा गर्दै पनि प्राय नराम्रो हन जान्छ । जब कि कुनै नराम्रो मानिसको जिन्दगी राम्रोसँग चलेको हुन्छ । कुनै पनि जीवको कर्मको आधारमा फल प्राप्त हुने भनेपनि फल मिलेको हुँदैन वा विपरित मिल्छ आज हामी यसको बारेमा चर्चा गर्छौ ।

हाम्रो भाग्य हाम्रा पुर्खाहरुसँग कहि न कहि जोडिएको हुन्छ भन्ने भनाई नै छ । प्रत्येक मानिसको भाग्य उसका पारिवारिक कर्मसँग जोडिएको हुन्छ । यसको अर्थ हाम्रा पुर्वजले आफ्नो जीवनकालमा कसरी काम गर्थे त्यसको आधारमा हाम्रो केही हदसम्म भाग्य निर्भर हुन्छ ।

कोही मानिस दुष्ट स्वभावको हुदाँपनि उसलाई सबै कुरा राम्रो भएको हुन्छ । उनीहरुका पुर्वजले राम्रो काम गरेको कारण अहिलेका दुष्ट सोच भएकाको राम्रो भएको हो ।

यसको विपरित सामान्य र सिधा मानिसहरुलाई नराम्रो यसले हुन्छ किनकी सायद उनीहरुका पुर्वजहरुले कसैको दिल दुखाएका थिए वा केही नराम्रो गरेका थिए ।

सबै भन्दा ठुलो सत्य यो हो की मानिस कहिले पनि धेरै खुशी वा विचलित हुनु हुँदैन, किनकी अन्त्यमा मानिस आफ्नो कर्मले आफ्नो भाग्य निर्धारण हुन्छ । जसले जे गर्छ त्यहि नै भोग्छ । आफ्नो कर्मको फल मानिसलाई निस्चित रुपमा प्राप्त गर्छ, मात्र समयलाई पर्खन सक्नुपर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot