Logo

एलटन जोनकी पूर्वपत्नीले हनिमुनमै आत्महत्याको प्रयास गरेको खुलासा



एजेन्सी, १० भाद्र । बेलायती गायक एल्टन जोनकी पूर्व पत्नी रिनेटे ब्लाउयलले हनिमुनमा आत्महत्याको प्रयास गरेको खुलेको छ । सन् १९८४ मा यो जोडी हनिमुनमा रहँदा रिनेटेले आत्महत्याको प्रयास गरेकी हुन् ।

जोनले विवाहको तीन दिनमै यो सम्बन्धले काम नगर्ने र आफूले छाड्न चाहेको बताएका थिए । बीबीसीका अनुसार सन् १९८४ मा लन्डनको उच्च अदालतमा दर्ता गरिएको कानुनी कागजातमा रिनेटेले आत्महत्या गर्न खोजेको उल्लेख छ । त्यतिबेला पारपाचुकेको विषय उठ्दा रिनेटेले ३० लाख पाउण्ड नोक्शान दाबी गरेकी थिइन् ।

एल्टन जोन र रिनेटेबीच सन् १९८४ मा विवाह भई चार वर्ष पछि पारपाचुके भएको थियो ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot