Logo

अनुपम खेरको जिन्दगीमा किरण खेर आएपछि…



एजेन्सी, १० भाद्र । बलिउड अभिनेता अनुपम खेरले आज आफ्नो विवाहको ३५ औं जन्मोत्सव मनाइरहेका छन् । यस विशेष दिनमा उनले एक ब्ल्याक एण्ड ह्वाइट तस्वीर सेयर गरेका छन् । तस्वीरमा अनुपमले किरणको निधारमा मायाले किस गरेको देख्न सकिन्छ । तस्वीर सेयर गर्दै अनुपम खेरले पत्नी किरणलाई विवाहत्सवको बधाई दिदै लामो क्याप्सन लेखेका छन् । क्याप्सनमा किरणको लागि मायाले भरिएका शब्द प्रयोग गरेका छन् ।

तस्वीर सेयर गर्दै उनले क्याप्सनमा लेखेका छन्, ‘प्रिय किरण ३५ औं विवाहत्सवको शुभकामना, हामीहरुले एकले अर्कालाई चिनेको ४५ वर्ष बितेको छ यो लगभग पुरै जिन्दगी हो । हामी सँगै ठुलो भयौ तर फरक फरक माहौलमा । हामीले एकै ठाउँमा समय धेरै बिताएनौ । तिमी एक सांसद व्यस्त छौ म एक अभिनेता । तर पनि म तिम्रो साथमा छु र सधै हुनेछु । तिमी महान महिला हौँ । तिम्रो लािग धेरै प्रेम र प्राथना छ । शुभ वार्षिक उत्सव ।’

यी दुईको विवाह १९८५ मा भएको थियो । दुवैजना पहिला एकै थिएटरमा काम गर्थे । कामको क्रममा साथी बने र विस्तारै सम्बन्धलाई मायामा बदले । किरण खेर १९८० मा फिल्मको कामको खोजीमा मुम्बई गइन् । मुम्बईमा ठुलो व्यापारी गौतम बेरीको मायामा परिन् र उनीहरु दुवैले उतै विवाह गरे । गौतम र सिकन्दरको एक छोरा सिकन्दर जन्मिए पनि दुईजनाको वैवाहिक जीवन धेरै दिन चलेन ।

यता अनुपम खेरको पत्नी मधुमालतीसँग राम्रो सम्बन्ध थिएन खटपट चलिरहेको थियो । समयसँगै छुट्टिएर बस्न थाले । दुवै जनाको दुवैतिर वैवाहिक सम्बन्ध सकिएपछि अनुपमले किरणलाई प्रस्ताव राखे । यसपछि १९८५ मा विवाह गरे । विवाहपछि सिकन्दरलाई अनुपमले आफ्नो थरसमेत दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot