Logo

काठमाडौंसहित पाँच प्रदेशमा छ आज अधिक बर्षाको सम्भावना



काठमाडौं, भदौ १७ । हाल पुर्वी र मध्य भू-भागमा नेपाल नजिक रहेको तथा मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा रहेकाले आज देशभरका केही स्थानहमा अधिक बर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी बदलीका कारण अहिले गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसोसमेत देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थौरै स्थानहरुमा र बागमती प्रदेशका भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, रातीसम्म बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्