Logo

कोरोना संक्रमणबाट बितेको २४ घन्टाभित्र मृत्यु भएका ९ जना को को (विवरणसहित)



काठमाडौं, २८ भाद्र । नेपालमा बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३ महिला र छ पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३ सय ४५ पुगेको छ । आज मृत्यु भएकासँगै देशमा कुल दुई सय ५० पुरुष र ९५ महिलाको मृत्यु भइसकेको छ ।

बितेको २४ घन्टाभित्र काठमाडौंमा मात्र छ जनाको मृत्यु पुष्टि भएको छ । जसमध्ये दुई महिला र चार पुरुष छन् ।

मृतकको विवरण
१. मोरङका ६९ वर्षीया पुरुष
२. काठमाडौंकी ६५ वर्षीया महिला
३. काठमाडौंकी ६५ वर्षीया महिला
४. काठमाडौंका ५९ वर्षीय पुरुष
५. काठमाडौंका ७० वर्षीय पुरुष
६. काठमाडौंका ६४ वर्षीय पुरुष
७. काठमाडौंका ५९ वर्षीय पुरुष
८. सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुष
९. कास्कीका ४५ वर्षीया महिला



प्रतिक्रिया दिनुहोस्

Screenshot