Logo

आज ११७० कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको सख्या ५५ हजार नाघ्यो



काठमाडौं, २९ भाद्र । नेपालमा कोरोना भाइरसका आज ११ सय ७० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ५५ हजार  ३ सय  २९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ३९ हजार  ५ सय ७६ जना संक्रमणमुक्त भएका छन् । आज ८७९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot