Logo

पिसिआर ल्यावका स्वास्थ्यकर्मीले डेरा पाएनन्, होटेलले दियो निःशुल्क कोठा



बिर्तामोड, ३१ भाद्र । एकका लागि एक अभियान मार्फत झापाको कनकाई नगरपालिका ४ कोटीहोममा संचालनमा आएको पिसिआर ल्यावका डाक्टर र प्राविधिकहरुले सुरुङ्गा क्षेत्रमा डेरा नपाएपछि यहाँस्थित होटल क्वीन प्यालेशले डाक्टर र प्राविधिकलाई तीन वटा कोठा निःशुल्क उपलब्ध गराएको छ । स्थानीय व्यावसायी बिजय गजुरेलले कोटीहोममा संचालित पिसिआर ल्यावका स्वास्थ्यकर्मीका लागि कसैले पनि डेरा नदिएको सुनेपछि आफूले होटलका तीन वटा कोठा निःशुल्क प्रदान गरेको बताउनुभयो ।

समाजमा अझैपनि कोरोना सचेतना छैन । दिनरात स्वाब परीक्षणा गर्ने डाक्टर र प्राविधिकहरु बस्ने भने पनि यहाँका अन्य होटल र घरवालाहरु कसैलेपनि डेरा कोठा दिन मानेनन धन्न एकजना मनकारी व्याक्तित्व भेटियो र हामीले राख्न सक्यौ, एकका लागि एक अभियानका सदस्य समेत रहनुभएका लीला चिमरियाले बताउँनुभयो ।

यता होटल क्वीन प्यालेसका संचालक बिजय गजुरेलले भने आफूले कम्तिमा डेढ महिनाका लागि उक्त कोठा निःशुल्क उपलब्ध गराएको बताउदै आफूले यस अघि पनि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेललाई आवश्यक परेको खण्डमा आफ्नो पुरै होटल नगरवाशीका लागि आइसुलेशन बनाउनका लागि निशुल्क दिने वचन दिइसकेको बताउँनुभयो ।

मैले पहिले पनि नगरवाशीलाई आफुले आपत परेको वेला निःशुल्क होटल उपलब्ध गराउने नगरप्रमुखलाई भनिसकेको थिए चाहे कोरोना लागेका नागरिक हुन वा पिसिआरका डाक्टर प्राविधिक गजुरेलले भन्नुभयो । हाल होटल क्वीन प्यालेशका ३ कोठामा ५ जना डाक्टर र प्राविधिक रहदै आउनुभएको छ । प्रतिकोठा २ हजारका दरले पनि ३ कोठाको हरेक दिनकै ६ हजार पिसिआर ल्यावको वचत भएको चिमरियाले बताएको समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot