Logo

थापा, राणा र लोहनीबीचको बैठक सम्पन्न, पार्टी एकता अक्षुण राख्ने प्रतिबद्धता



काठमाडौं, ३१ भदौ । राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीबीच आज छलफल भएको छ । पछिल्लो समय अध्यक्षहरुले पार्टीभित्रको विवाद र बहसको बारेमा छताछुल्ल हुनेगरि आफ्नो विचार राखेपछि पार्टी एकताले नै पूर्णता नपाउने हो कि भन्ने आशंका जन्मिएको थियो ।

यही अवस्थामा अध्यक्षत्रयबीच आज भेटवार्ता भएको हो । आजको बैठक अत्यन्तै सौहार्दपूर्ण रुपमा सम्पन्न भएको र बैठकले सहमति र समझदारीबाटै सबै समस्याको समाधान गर्ने सहमति गरेको छ । र, पार्टी एकतालाई अक्षुण राख्नेपनि तीनै जना अध्यक्षले प्रतिबद्धता गरेको अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत जनाएका छन् । थापाले लेखेका छन्-“राप्रपा त्रय अध्यक्षहरूको बैठक आज सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। बैठकले सहमति र समझदारीबाटै सबै समस्या समाधान गरी पार्टी एकता अक्षुग्ण राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot