Logo

बलात्कार गर्ने पक्राउ



पाल्पा, ११ असोज । जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्र बहादुर घर्तीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा माथागढी गाउँपालिका ओखलढुङ्गाका घर्ती पक्राउ गरेका हुन् ।

ती किशोरीलाई घरमा कोही नभएको अवस्थामा मंगलबार जबरजस्ती करणी गरेका घर्तीलाई जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी माथाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

साथै ती किशोरीलाई बिहीबार जबरजस्ती करणी गर्ने अर्का ४२ वर्षीय पुरुष हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot