Logo

जुवाडे धमाधम पक्राउ



दाङ, ११ असोज । तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । तुलसीपुर भुईयारथानको कुमार सुनारको घरमा तास खेलिरहेको अवस्थामा सोही स्थानका रोशन बुढाथोकी सहित १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सुनारको घरमा तास खलिरहेका सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९८ हजार ९ सत ५० रुपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot