Logo

नेपालमा सवारी एसेम्बल गरिरहेका २ कम्पनी बन्द



काठमाडौं, असोज १३ । सरकारले कोरोना नियन्त्रणका लागि गरेको बन्दाबन्दीयता नेपालमा सवारी एसेम्बल गरिरहेका २ कम्पनी बन्द भएका छन् ।

एसेम्बलका लागि आवश्यक पार्टस्को आयात गर्न नसक्दा र आयातीत पार्टस् पनि नाकामै रोकिँदा नेपालमा दुईपांग्रे सवारी एसेम्बल गरिरहेका बेला मोटर्स र बेनलिन मोटर्स बन्द भएका हुन् ।

गत वर्ष नाडा अटो शोमा निर्वतमान अर्थमन्त्री डा। युवराज खतिवडाले नेपालमै सवारीसाधन एसेम्बलिङ गर्ने कम्पनीलाई सरकारले नीतिगत संरक्षण र सहजीकरण गर्ने बताएका थिए । यद्यपि, सरकारकै नीतिगत कठिनाइका कारण एसेम्बलिङ उद्योगमा समस्या रहेको सञ्चालकहरु बताउँछन् ।

बेनलिनले हालसम्म नेपालमै ४ सय ८५ वटा स्कुटर एसेम्बलिङ गरी बिक्री गरेकामा बन्दाबन्दी सुरु भएयता कम्पनीले उत्पादन बन्द गरेको छ । पुनः उत्पादन सुरु गर्ने÷नगर्ने विषय यकिन नभएको कम्पनीका प्रबन्ध निर्देशक शिवहरि आचार्यले बताए ।

यस्तै, बेनलिन मोटर्स पनि बन्दाबन्दीयता बन्द छ । बीचमा १२ वटा स्कुटर उत्पादन एसेम्बलिङ गरेको कम्पनीले हाल उत्पादन बन्द गरेको नेपाल प्रतिनिधि निर्मल पाण्डेले बताए । २६५ स्कुटर र ३५ मोटरसाइकल एसेम्बलिङ गरी बजारमा विक्री गरेको कम्पनीले बन्दाबन्दीपछि पार्टस् आयात गर्न सकेको छैन । पार्टस् सीमामै रोकिँदा उत्पादन बन्द भएको उनको भनाइ छ ।

नेपालमा एसेम्बलिङ गरिरहेका २ वटा चिनियाँ कम्पनी बन्द भए पनि बन्दाबन्दीकै बीचमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले टीभीएसका मोटरसाइकल उत्पादन सुरु गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot