Logo

सूचीकृत कम्पनीलाई असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन



काठमाडौँ १३ असोज। नेपाल स्टक एक्सचेञ्जले असोज मसान्तसम्म नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई निर्देशन दिएको छ। नेप्सेले मंगलबार एक सूचना जारी गर्दै २०७७/७८ काे लागि नविकरण शुल्क बुझाउन बाँकी रहेका सूचीकृत कम्पनीहरुलाई असोज मशान्तसम्म नविकरण शुल्क बुझाउन आग्रह गरेको हो।

असोज मसान्तसम्म नवीकरण शुल्क नबुझाए नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरीवाना बुझाउनुपर्ने नेप्सेले जनाएको छ।

-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्