Logo

‘मोटीघाटी मायामा’ पुष्प र सुमीको जमेको जोडी (भिडिओसहित)



काठमाडौं, १६ असोज । लकडाउन भएयता कुनै नेपाली फिल्म प्रदर्शन भएका छैनन् । तर, त्यसयता कलाकारहरु म्युजिक भिडियो तथा अन्य रियालिटी शो’ बाट नाम कमाइरहेका छन । नायक पुष्प खड्का यतिवेला म्युजिक भिडियोमा व्यस्त छन् । त्यस्तै एक्सनस्टार रुपमा परिचित नायिका सुमि मोक्तान पनि म्युजिक भिडियो तथा डान्सिङ रियालिटि शो मा ब्यस्त छिन् । यी दुबै नायक/नायिकाले पहिलोपटक एक म्युजिक भिडिओमा सँगै काम गरेका छन् ।

नायक खड्का र नायिका मोक्तानको अभिनय रहेको ‘मोटीघाटी माया’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत मेलिना राई र कोशिश क्षेत्रीले गाएका हुन् । सार्वजनिक भिडियोको सुरुमा सुमिको एक्सनलाइ देखाइएको छ । र, गीतमा धमकेदार डान्स रहेको छ ।

गीतमा कोशिस क्षेत्रीको कम्पोज लेखु सहयात्री शब्द र उदयराज पौडेलको एरेन्ज रहेको छ । त्यस्तै भिडियोको छायाँकन भने उत्तम हुमागाँर्इले गरेका हुन भने रमेश थापाको सम्पादन । भिडिओमा सुरेन्द्र बस्यालको कोरियोग्राफी र हरि हुमागाइको निर्देशन रहेको छ ।

पछिल्लोपटक पुष्प अभिनित फिल्म मारुनी हो । त्यसैगरि सुमि फिल्म सरौँतोमा देखा परेकी थिईन् । यी दुबै फिल्मले औसत रुपमा व्यापार गर्न सकेका थिए । तरपनि सरौतोमा सुमीको एक्सन र मारुनीमा पुष्पको अभिनयले चौतर्फी वाहवाही पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot