Logo

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाललाई कोरोना संक्रमण



काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार तथा नेकपाका स्थायी कमिटी सदस्य विष्णु रिमाललाई कोरोना संक्रमण भएको छ । रिमालले सामाजिक सञ्जाल फेशबुकमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका छन् । उनले हिजोमात्रै पिसिआर परीक्षण गराएका थिए । र, रिपोर्ट पोजेटिभ आएको छ । उनले यसबीचमा आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot