Logo

घरेलु मैदानमा लिसेस्टर वेष्ट ह्यामसँग स्तब्ध



एजेन्सी, १८ असोज । लिसेस्टर सिटी वेस्ट ह्यामसँग घरेलु मैदानमै पराजित भएको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज सम्पन्न खेलमा वेस्ट ह्यामले लिसेस्टरमाथि ३-० को जीत निकालेको हो ।

वेस्ट हयामका लागि एन्टोनिओ र फोरनाल्सले पहिलो हाफमै २-० को अग्रता लिएका थिए । खेलको अन्तिमतिर वोयनले गोल गरी जित निश्चित गरेका थिए ।

लिग जित्ने दौडमा रहेको लिसेस्टरलाई हारले धक्का पुगेको छ । लगातार तीन खेल जितेको लिसेस्टर हारका बाबजुद दोस्रो स्थानमा छ ।

यसैगरी, साउथह्यापटनले वेष्ट ब्रोमलाई २० ले पराजित गरेको छ । आज भएको खेलमा वेस्टह्यामका लागि जेनेपो र रोमिउले गोल गरेका थिए ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot