Logo

सन नायक बन्दा म्यानचेस्टर युनाइटेडमाथि टोटनहामको ६ गोल (भिडियोसहित)



एजेन्सी, १९ असोज । इंग्लिस प्रिमियर लिगमा फुटबलमा टोटनहामले म्यानचेस्टर युनाइटेडमाथि ६-१ को जित निकालेको छ । टोटनहामको जितमा कोरियाली स्टार खेलाडी सन हुङ मिन नायक बने । उनले दुई गोल गर्नुका साथै थप गोलमा योगदान समेत दिए ।

खेलमा अग्रता भने म्यानचेस्टरले लिएको थियो । दोस्रो मिनेटमा पेनाल्टीमार्फत् ब्रुनोले गोल गरेका थिए । तर, त्यसको २ मिनेटमै डोम्बेलेले बराबरी गरे । खेलको ७ र ३७ मनेटमा सनले गोल गरी अग्रतासँगै गोल अन्तर बढाए ।

२८ औं मिनेटमा मार्टियलले रातो कार्ड पाएपछि टोटनहामले लगातार गोल गर्न थाल्यो । कानेले दुई र औरिअरले एक गोल गरे । जितसँगै टोटनहामले लिगमा दाबी बलियो बनाएको छ ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot