Logo

रोनाल्डोलाई कोरोना संक्रमण



एजेन्सी, २८ असोज । फुटबल स्टार रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण भएको छ । ३५ वर्षीय रोनाल्डोलाई कोरोना संक्रमण भएको पोर्चुगल फुटबल फेडेरेशनले पुष्टि गरेको हो ।

रोनाल्डोलाई कुनै लक्षण नदेखिएको र आइशोलेशनमा रहेको जनाइएको छ । बुधबार पोर्चुगलले स्वीडेनसँग नेस्नल लिग ग्रुपमा प्रतिष्पर्धा गर्ने तय हुँदा मुख्य खेलाडी रोनाल्डोलाई संक्रमण पुष्टि भएको हो । यसअघि पोर्चुगलले फ्रान्ससँग बराबरी खेलेको थियो ।

जुभेन्टस क्लबबाट खेल्ने रोनाल्डोविना पोर्चुगललाई आजको खेल कठिन पर्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot