Logo

करिना कपुरले सेयर गरिन् तैमुरको क्रिकेट खेल्दै गरेको तस्वीर



एजेन्सी, २८ असोज । करीना कपुर र सैफ अलि खानको छोरा तैमुर खान बलिउडको सबैभन्दा फेवरेट स्टारकिड्स मध्येका एक हुन् । तैमुरको क्युट तस्वीर प्राय सामाजिक सञ्जालमा भाइरल भइरहन्छ । करीना कपुरले आफ्नो छोरासँग जोडिएका पोस्टहरु सेयर गर्दै आएकी छिन् ।

भर्खरैमात्र करीनाले नवाब तैमुरको एक तस्वीर सेयर गरेकी छिन् । जसमा तैमुर क्रिकेट खेलेका छन् । करीनाले इन्साग्राममा सेयर गरेको तस्वीरमा तैमुर क्रिकेट खेल्नमा व्यस्त देखिन्छन् । तैमुर ठुलो साइजको ब्याटिङ गर्दै गरेको देखिन्छन् ।

यस तस्वीरमा सेयर गर्दै करीनाले क्याप्सनमा लेखेकी छिन्, ‘के आइपिएलमा कुनै स्थान छ ? म पनि खेल्न चाहान्छु…लव यु । ’ तैमुरको यो तस्वीर तिव्ररुपमा भाइरल भएको छ ।

करीनाको पोस्टमा एक युजरले लेखेका छन्, ‘एक स्टारले जन्म लिए है । ’ अर्का एकजनाले हजुरबुवाको छवि नातिमा आएको लेखेका छन् । करीना र सैफ अलि खानको घरमा नयाँ सदस्यको चाडै आगमन हुँदैछ । करीनाले छिट्टै दोस्रो बच्चाको जन्म दिँदैछिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot