Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, ४ कात्तिक । अवैध लागूऔषध सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका लखनदेही खोलाबाट करिब २ किलो अवैध लागूऔषध गाँजा सहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा चन्द्रनगरका नरेन्द्र कुमार साह र हरिपुर नगरपालिकाका जितेन्द्र राम रहेका छन् । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले बीआर ०६ एडी ५४९८ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक साह र मोटरसाइकलमा सवार रामलाई पक्राउ गरेको जनाएको छ ।

विराटनगर महानगरपालिका दरैयास्थित सडकबाट नियन्त्रित लागुऔषध ६२ बोतल डाईलेक्स डिसि, १ सय ८७ टयाबलेट नाईट्रोजन, २ सय ३८ पीस एसपी प्रोक्सिभन ट्याबलेट सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बिराटनगरका शम्भु साह र सोही ठाउँका बिकि राई रहेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पदैल हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

तिलाठी कोईलाडि गाउँपालिका भन्सार चोकबाट ४ बोतल नियन्त्रित लागूऔषध कोरेक्स सहित राजबिराजका समिर अंसारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी तिलाठीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot