Logo

चितवनमा कोरोना सङ्क्रमित महिलाको मृत्यु



भरतपुर, ६ कात्तिक: चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा तनहुँ शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर हेटौँडा–५ बस्ने ३३ वर्षीया महिला रहेको छ । भरतपुर अस्पतालमा उपचाररत उहाँको आज बिहान ६ः१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत असोज ३० गते कोरोना सङ्क्रमणसहित खोकी र श्वासप्रश्वासमा समस्याबाट पीडित भई अस्पतालमा भर्ना भएका उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पतालको कोभिड सघन उपचार कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot