Logo

पूर्वमन्त्री गोकुल बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि



काठमाडौं, ६ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कोभिड पोजेटिभ देखिएको जानकारी दिएका छन् । उनले आफूले पछिल्लो दश दिन यता कसैलाई पनि नभेटेको पनि जनाएका छन् । उनले आफूलाई लक्षणबिनै संक्रमण देखिएको जनाएका छन् ।

उनकी श्रीमती तारा मानन्धरलाई पनि संक्रमण भएको छ । श्रीमती मानन्धरलाई भने लक्षणसहित देखिएको उनले जानकारी दिएका छन् । उनले ट्विटरमा लेखेका छन्,‘मलाई पनि पाेजेटिभ देखियाे।तर राम्राे के भने बितेकाे दश दिन यता मैले कसैलाई भेटेकाे छैन।मलाई त लक्षण बिनै देखियाे तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छाेरालाई नेगेटिभ देखिनु चै धेरै राम्राे।सुरक्षीत रहाै।”



प्रतिक्रिया दिनुहोस्

Screenshot