Logo

रोनाल्डो कोरोना संक्रमणमुक्त



एजेन्सी, १५ कात्तिक । रोनाल्डो कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । उनको शुक्रबार साँझ कोरोनाको टेष्ट नेगेटिभ आएको हो ।

१३ अक्टोबरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि रोनाल्डो आइशोलेशनमा उपचाररत थिए । उनले पोर्चुगल र जुभेन्टसबाट महत्वपूर्ण खेल गुमाएका थिए । संक्रमणमुक्त भएपछि पनि उनले अझै केही समय आराम गर्ने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot