Logo

म्यानचेस्टर सिटीको कठिन जीत



एजेन्सी, १५ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले कठिन जित निकालेको छ । आज भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई उसकै मैदानमा पराजित गर्न निकै मिहेनत गर्नुपरेको हो ।

सिटीका लागि केली वाल्करले २८ औं मिनेटमा गरेको गोल निर्णायक भयो । खेलमा सिटीले गोल गर्ने अरु अवसर पनि गुमायो ।

पुछारबाट दोस्रो स्थानमा रहेको सेफिल्डले निकै राम्रो प्रदर्शन गरेको थियो । जीतपछि सिटी ११ अंकसहित आठौं स्थानमा उक्लिएको छ ।



प्रतिक्रिया दिनुहोस्