Logo

नेपाल मेडिसिटी अस्पताल र ईसिएचएचबीच सम्झौता



काठमाडौं, १८ कार्तिक । ललितपुरको भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पताल र भारत सरकारको रक्षा मन्त्रालय, कल्याणकारी विभाग अन्तर्गतको पूर्वसैनिकहरुको योगदानमा आधारित स्वास्थ्य उपचार कार्यक्रम (इसिएचएच) बीच सम्झौता भएको छ ।  नेपालको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय मान्यता एनएबिएच (नेशनल एक्रिडिटेसन फर हेल्थ एण्ड हेल्थ केयर प्रोभाईडर्स) प्राप्त नेपाल मेडिसिटी अस्पतालका कर्पोरेट विकास प्रमुख पंकज बाँस्कोटो र नेपालस्थित भारतीय राजदुतावासका इसिएचएसका प्रमुख कर्णेल आभानिष चम्बाइलले आज कार्तिक १८ गते एक समारोहकाबीच द्धिपक्षीय सम्झौतामा हस्ताक्षर गरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘अब नेपालमा बसोबास गर्ने पूर्वभारतीय सैनिक तथा तिनका आश्रित परिवारहरुले इसिएचएस कार्यक्रमअन्तर्गत नेपाल मेडिसिटी अस्पतालबाट स्वास्थ्योपचार सेवा प्राप्त गर्नेछन् । नेपालस्थित् भारतीय राजदुतावासअन्तर्गत रहेको इसिएचएस क्लिनिकबाट थप विशिष्ट र अति विशिष्ट उपचारका लागि नेपाल मेडिसिटीमा सिफारिश भई आउने छन् ।’ कार्यक्रममा अस्पतालका मेडिकल सुपरीन्टेन्डेन्ट तथा हाडजोर्नी विशेषज्ञ डा. राज राणा तथा इसिएचएसका कर्णेल उदय विजय सगानीको उपस्थिति रहेको जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot