Logo

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प पराजयको नजिक



एजेन्सी, २१ कात्तिक । अमेरिकाको राष्ट्रपति निर्वाचनको अन्तिम मतगणना भइरहँदा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजयको नजिक पुगेका छन् । ट्रम्प यसअघि अगाडि रहेको जर्जिया राज्यमा वाइडेन अगाडि देखिएपछि पासा पल्टिने अवस्था बनेको हो ।

फक्स न्युजका अनुसार जोय बाइडेनले २६४ इलेक्ट्रोरल मत पाइसकेका छन् । जर्जिया राज्यमा वाइडेन विजयी भएमा ट्रम्प राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्ट्रोरल मत पाउने सम्भावना समाप्त हुनेछ । उक्त राज्यको मतभार १६ इलेक्ट्रोरल छ । अब वाइडेनलाई चुनाव जित्न मात्र ६ इलेक्ट्रोरल मत आवश्यक छ ।
पछिल्लो अवस्थामा वाइडेन नेभेडामा पनि अगाडि छन् । त्यहाँ उनलाई आवश्यक पर्ने ६ इलेक्ट्रोरल मतभार छ ।

१५ इलेक्ट्रोरल मतभार रहेको नर्थ क्यारोलिनामा ट्रम्प वाइडेनभन्दा केही हजार मतले मात्र अगाडि छन् ।

२० इलेक्ट्रोरल मतभार रहेको पेनसिल्भानियामा ट्रम्प झीनो मतले अगाडि छन् । यसरी नेभेडामा वाइडेनको बढी आशा छ । त्यहाँ जितेमा उनी राष्ट्रपति निर्वाचित हुनेछन् । जर्जियामा पनि अगाडि बढेकाले वाइडेन बलिया देखिएका छन् ।

यसैगरी, ट्रम्पले खामबन्दीको मतमा प्रश्न उठाएका छन् । उनी खामबन्दीको मतपत्रका कारण पछि परेका हुन् । यसअघि प्रत्यक्ष मतदानको गणनामा ट्रम्प अगाडि थिए । खामबन्दीको मतपत्रको गणनापछि पासा पल्टिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot