Logo

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ



बर्दिया, २८ कात्तिक । प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ३ युवाहरु पक्राउ परेका छन् । बर्दिया जयनगर बजारस्थित सडकमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा अछाम साफेबजार बस्ने ध्रुव महतारा लगायत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी हिँडीरहेका उनीहरूलाई ईलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा उनीहरुले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot