Logo

‘दुईमध्ये एक पद छोड्दा राम्रो हुने’ प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूतको सुझाव



काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएको छ । विवाद समाधानको लागि आजपनि सचिवालयको बैठक बसेको थियो । तर, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले दश दिनको समय मागेपछि आजको बैठक सम्पन्न भएको थियो । गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रस्ताव पेश गरेपछि नेकपाभित्रको विवाद झनै वारपारको अवस्थामा पुगेको छ ।

ओलीले १० दिन समय मागेपछि दाहाल-नेपाल समूह आन्तरिक रणनीति बनाउँदै

यो बीचमा अध्यक्षद्धय ओली र दाहालसँग राष्टपति विद्यादेवी भण्डारीले बेग्लाबेग्लै भेटवार्ता गरिन् । नेकपा विवाद समाधानको लागि राष्टपति सक्रिय भएको भनेर सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । त्यतिमात्रै होईन, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी समेत नेकपा विवाद झनै चुलिएपछि सक्रिय भएको समाचार आए । उनले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा हिजो राति करिब दुई घण्टा लामो भेटवार्ता गरिन् ।

..लेनदेनमा खाएको धोका कम्तिमा कमरेडहरु प्रचण्ड, बामदेव र माधवले नभुलुन : सांसद झाँक्री

उच्च स्रोतले जनाएअनुसार उक्त भेटमा राजदूत यान्छीले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छोड्दा नै ओलीको लागि हितकर हुने सुझाव दिएकी थिईन् । यसअघि गत बैशाखमा नेकपाभित्र दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले ओलीको दुवै पदबाट राजीनामा माग्दा राजदूत यान्छी सक्रिय भएकी थिईन् । उनले नेकपाका प्रायः सबै शीर्ष नेताहरुलाई घरघरमै पुगेर भेटेकी थिईन् । उनले पार्टी एकता सुदृढ गर्दै अघि बढ्दा नै राम्रो हुने सुझाव दिएकी थिईन् । यसपटक भने राजदूत यान्छीले ओलीलाई दुई मध्ये एक पद छोड्दा राम्रो हुने सुझाव दिएको स्रोतको दाबी छ । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्

Screenshot