Logo

जुवाडे पक्राउ



काठमाडौं, ७ मंसिर । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । ब्यास नगरपालिका–१ हाईस्कुलटार बस्ने प्रबिन चन्दको घरमा तास खेलिरहेको अवस्थामा १४ जना नगद ७४ हजार ४ सय ४५ रुपैयाँ र ५ बुक तास सहित शनिबार साँझ पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै, भरतपुर महानगरपालिका–९ शिवालय मन्दिर नजिकै बस्ने ४४ वर्षीय राम गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई नगद ७६ हजार २ सय ५० रुपैयाँ र कौडा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot