Logo

दैनिक साढेँ २ किलो खुर्सानी खाने यी मानिस



चीनमा एक व्यक्तिले प्रत्येक दिन साँढे दुई किलो खुर्सानी खाने गर्छन् । त्यति धेरै खुर्सानी खाएर पनि आँसु निकाल्दैनन् । हैली योगजी खुर्सानी खाने कारणले चर्चित बनेका छन् । अहिले उनलाई खुर्सानी किंग भनेर पनि बोलाउने गर्छन् ।

उनले खुर्सानी खाने इच्छाकै कारण घरको पछाडी ८ प्रकारका खुर्सानीका विरुवा लगाएका छन् । हैलीले युवा अवस्थादेखि नै अन्य खाना बिना बाच्न सकेपनि खुर्सानी बिना बाँच्न नसकिने प्रतिक्रिया दिएका छन् ।

सामान्यतया मानिसहरु बिहान उठेर ब्रश गर्छन् तर उनी बिहान उठेर खुर्सानी खान सुरु गर्छन् ।खुर्सानीले नै दाँत सफा गर्छन् । उनको अनुसार खानामा पिरो आएन भने खानाको स्वाद नै हुदैँन् । उनले रातो र पिरो खुर्सानी स्नैक्स जसरी खाने गर्छन् ।

उनले पुरानो दिन याद गर्दै भने, ‘१० वर्ष पहिला छोराको दुर्घटना ट्रकबाट भएको थियो । उक्त दिनमा पनि कटौरामा खुर्सानी खाएर अस्पताल गएका थिए ।’ उनको खुर्सानी धेरै खाएर शरीरमा कुनै हानी भएको छ छैन जाँच गराउदा डाक्टरहरु पनि आश्चर्यमा परेका थिए । उनको शरीरमा कुनै असर छैन् । सामान्य मानिसको जस्तै छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot