Logo

शौचालयको प्रयोग गर्ने यो सुगा



आजसम्म सुगा मानिस झै बोलेको थाहा पाएका छौ । कहिले काहिँ मानिसले बोलेको कुरा नक्कल पनि गर्ने गर्छ । आज हामी सुगा शौचालयमा जाने गरेको बारेमा चर्चा गर्नेछौ ।

स्कटल्यान्डमा एक महिला ट्रेनरले आफ्नो सुगालाई शौचालयको प्रयोग गर्न सिकाएकी छिन् । महिलाले उक्त सुगालाई ५ वर्ष पहिला पसलबाट खरिद गरेकी थिइन् । एक वेबसाइट अनुसार, ३९ वर्षीया पालीन गु्रथी नामकी महिलाले अफ्रिकी प्रजातिको सुगा ‘स्काइलर’ खरिद गरेकी थिइन् । त्यति बेला सुगाको उमेर धेरै कम थियो । ग्रे रंगको स्काईलरलाई धेरै कुरा सिकाइरहेकी छिन् । त्यसमध्ये एक हो शौचालयको प्रयोग ।

धेरै वर्षदेखि कडा मेहेनतले पालीलनले स्काइृलेरलाई शौचालयको प्रयोग गर्न सिकाएकी हुन् । पालीनले सार्वजनिक गरेको भिडियोमा उनले स्काईलेरलाई शौचालय जान भनिरहेकी छिन् र उसले पनि शौचालयमा गएको देखिन्छ । पालीनले सानो देखिको इच्छा सुगा पाल्ने र धेरै कुरा सिकाउने भएको बताएकी छिन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot