Logo

टाउकोमा चोट लागेपछि आयो २० वर्षअघि गुमेको आँखाको ज्योती



अमेरिकाको फ्लोरिडा राज्यमा एक आश्चर्य लाग्दो घटना बाहिर आएको छ । यस घटनालाई सबैले चमत्कारको नाम दिएका छन् ।

वास्तवमा ७० वर्षकी एक महिलाले पछिल्लो २० वर्षदेखि आँखा देख्दिनथिन् । तर, अचानक अचानक बिना कुनै अपरेसन आँखाको ज्योति फिर्ता आएको छ । हुआ यु कि महिला एक दिन आफ्नै घरमा अचानक लडिन् । उनको टाउकोमा कचोट लाग्यो । टाउकोमा चोट लागेपछि एकैछिनमा उनले आँखा देख्न थालिन् । न्युरो सर्जनले पनि यस घटनालाई चमत्कार मानेका छन् ।

मेरी एन फैन्को नामकी ती महिलाको १९९३ मा एक कार दुर्घटनामा स्पानलमा लागेको चोटको कारण विस्तारै–विस्तारै आँखा देख्न बन्द भएका थिए । उनले भनिन्, ‘म पुरै अन्धी भएकी थिए र चारैतिर अन्धकार मात्र देख्थे ।’

मेरीका अनुसार एक दिन उनी लिविंग रुममा बसीरहेकी थिइन् । ढोका तिर जाँदै गर्दा उनको खुट्टा फर्कियो र लड्दा टाउको ठोकिएको थियो ।

मेरीको यो भन्दा अगाडी २०१५ मा गर्दनमा चोट लागेकोले अपरेसन गर्न परेको थियो त्यसपछिका दिनमा उनले होशत सम्हाल्न सकिन तर दुवै आँखाको ज्योति गुमाएकी थिइन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot