Logo

परिक्षामा फेल हुनुको कारण सोध्दा एक करोडको नोटिस



आगरामा बस्ने सगीर अहमदले छोरा मोहम्मद शहनाजलाई कन्वेन्ट सेन्ट फ्रासिस स्कुलमा भर्ना गराएका थिए । शाहनाजले उक्त विद्यालयमा केजी देखि ८ कक्षासम्म अध्ययन गरेका थिए । तर, ८ कक्षाको रिजल्टको आधारमा शाहनाजलाई स्कुलले निकालिदिएको छ । स्कुल प्रकन्धकको यो कदमले विद्यार्थीको परिवारजनले अन्यायमा परेका छन् ।

शाहनाजको पिताल शिक्षाको अधिकार अधिनियम अनुसार विद्यार्थीलाई फेल गर्न पाइदैन । यसको बाबजुद पनि छोरालाई फेल गरियो । छोरा फेल भएपछि अहमदले वकीलको माध्यमबाट फेल हुनेकोे कारण सोधे । साथमा विद्यार्थीको पिताले स्कुलले थप पैसा मागेको पनि आरोप लगाएका छन् । र स्कुलले ८ कक्षाका विद्यार्थीको लागि एक करोड रुपैयाँको लीगल नोटिस जारी गरेको समेत बताएका छन् । स्कुल प्रबन्धकले भने नोटिस पठाएपनि छात्र वयस्क नभएकोले लीगल नोटिस भने नपठाएको बताएका छन् ।

स्कुलले नोटिस जारी गरेपछि परिवारजन भने दुखी भएका छन् । अब उनीहरुले १ करोड रुपैयाँ दिनको लागि मुख्य मन्त्री र प्रधानमन्त्रीसँग आर्थिक सहायता माग गर्ने परिवारले बताएको छ । यदि मद्दत नमिलेमा भिख माग्ने जनाएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot