Logo

आधा दिमाग निकाल्दा पनि बच्चा स्वस्थ



यदि कसैको आधा दिमाग निकालेमा उसको हालत के होला सोच्न पनि सक्दैनौ । तर, ब्रिटेनमा आधा दिमाग निकालेको बच्चा हाल सम्म पनि स्वस्थ छन् । जन्मदै शारीरिक रुपमा अस्वस्थ पाँच वर्षका बच्चा लिंकन फ्रीमैनको आधा दिमाग डाक्टरले निकालिदिएका थिए ।

शल्यक्रिया गर्नु अगाडि डाक्टरहरुले बच्चा बोल्न पनि सक्छ वा सक्दैन भन्नेमा भन्न नसकिने बताएका थिए, तर डाक्टरको अनुमान गलत भएको छ । लिंकन पुरै तरिकाले फिट छन् र प्रत्येक काम गर्न सक्छन् ।

५ वर्षका लिंकनको अनुहारमा जन्म देखि रातो रंगको निशाना थियो । यसबाट उनको अनुहार बिग्रदै गएको थियो । डाक्टरहरुले उनको दिमागको एक भाग खराब भैरहेको बताए । जाँच गरेपछि उनलाई स्टुज बेवर सिड्रोमबाट पिडित भएको पत्ता लागेको थियो । यसको कारण उनी दिनमा ८० भन्दा पनि धेरै पटक दौडन थाले ।

उनमा भएको समस्या र लक्षण हेरेर डाक्टरहरुले आधा दिमाग हटाउने निर्णय गरे । लिंकनलाई पहिलो वर्ष डाक्टरको रेखदेखमा लन्डनमो ग्रेट स्ट्रीट अस्पतालमा राखियो । १३ महिना पछि उनको अपरेसन भयो । अपरेशन गर्न ८ घन्टा लागेको थियो ।

लिंकनको आमा किमले आफ्नो छोरा धेरै बहादुर भएको र सम्पुर्ण बच्चाहरुको लागि प्रेरणा भएको बताएकी छिन् । उनी आमाले भनिन्, ‘लिंकनले हामी सबैलाई बदलिदिएको छ । ऊ प्रति गर्व छ ।’ यो सिड्रोम बच्चामा जन्मबाट भएको थियो । यसबाट सामान्य सिस्टम प्रभावित हुने गर्छन् । यो रोगबाट ब्रेन हैमरेजको पनि खतरा रहन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot