Logo

आयु बढाउन यौन सम्बन्धबाट टाढा हुनुपर्ने वैज्ञानिकको दाबी



मानिसको आयु घट्दै जाँदा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् । भर्खरै मात्र वैज्ञानिकहरुले गजबको दाबी गरेका छन् । प्रोफेसर एलेक्स जावरान्कावले गरेको दाबी अनुसार यदि मानिसले यौन सम्बन्ध बनाउन बन्द गरेमा लगभग १५० वर्ष सम्म बाँच्न सक्छ ।

एलेक्सले यौन सम्बन्ध सम्बन्धि कुरा र डाटा लिन गाह्रो भएको यथार्थ बताएका छन् । उनले आफुलाई यस विषयमा बोलेकोमा माफ पनि मागेका छन् । उनले यौनको विषयमा कुरा गर्न विवाह, बच्चाको कारण पनि सावधान रहन पर्ने बताए ।

अमेरिकाका बायोजेरेन्टलजी रिसर्च फाउन्डेशनको निर्देशक प्रोफेसर एलेक्सको नयाँ किताबले दावी गरे अनुसार यौन सम्बन्धबाट टाढा रहदा सजिलै मानिस १५० वर्ष भन्दा धेरै बाच्न सक्ने बताउछ । उनले लामो उमेरको लागि नियमित व्यायाम गर्न पनि सल्लाह दिएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्