Logo

इटालीमा अधिकांश मानिस एक सय वर्ष भन्दा माथि बाँच्ने



विश्व स्वास्थ्य संगठनको एक रिपोर्ट अनुसार इटाली यस्तो देश हो जहाँ जनसख्याका अधिकांश मानिस एक सय वर्ष भन्दा धेरै जिवित रहेका छन् । धेरै देशमा ६५ वर्षको उमेर मानिसहरुको आयु तोकिएको हुन्छ ।

इटालीमा सुपर सेन्चुरीज नमबाट १०० वर्ष भन्दा धेरै उमेरका मानिसहरुको डाटाबेस बनाएको छ । जसमा यो समयमा १ सय १० वर्षका मानिसहरुको सख्या २४ छ र एक सय १६ वर्ष पुगेका इटालीमा सबैभन्दा जेष्ठ नागरिक एमा मोरानो रहेका छन् । उनको जन्म २९ नोभेम्बरमा १८९९ उत्तरी इटालीको पिडमोन्ट क्षेत्रमा भएको थियो र उनी हालसम्म पनि जिवित छन् ।

मोरानो युरोपको सबैभन्दा धेरै उमेरकी महिला हुन् । उनी १९ औं शताब्दीमा जन्मिएकी थिइन् र उनी हालसम्म एक्लै जीवित व्यक्ति हुन् । एक रिपोर्टको अनुसार मोरोन विश्वकै दोस्रो जेष्ठ नागरिक हु्न् । पहिलो व्यक्ति अमेरिकाका सुसाना मशत जोन्स हुन् र उनको जन्म १८९९ मा भएको थियो ।

मोरोन १ सय १६ वर्षको उमेरमा पनि स्वस्थ छन् र उनले प्रत्येक दिन अन्डा खाने गर्छन् । दैनिक तालिका अनुसार चल्छन् । उनलाई गीत गाउा पनि मन पर्छ । केही वर्ष अडिग उनी पतिसँग अलग भएकी थिइन् । विश्वस्वास्थ्यको अनुसार महिला र शिशुले धेरै लामो आयु हुनाको कारण उचित खोप, जसको कारण नवजात शिशुको बच्ने दर सबैभन्दा धेरै हुन्छ । सफा वातावरण र सार्वजनिक स्वास्थ्य सुविधा राम्रो भएमा पनि लामो आयु हुने सम्भावना हुन्छ ।

यसको साथै खानपानले पनि आयुलाई फरक पार्ने गर्छ । फल, तरकारी, माछा, अन्नमा पाइने प्रोटिनको सेवनले आयु बढाउछ । अर्को कारण सामाजिक परिवेश । परिवार र आसपासको समाज राम्रो हुनेले पनि आयु बढ्ने सम्भावना हुन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot