Logo

सिंहदरबारमा तीन दलको बैठक, प्रधानमन्त्री ओलीविरुद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी



काठमाडौं, ५ पुष । जनता समाजवादी पार्टी, नेपाल, नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । कांग्रेस संसदीय दलको कार्यालयमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश रहेको ठहर गरेको जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुरामले भट्टराईले जनाएका छन् ।

ओलीको उक्त कदमकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरिएको पनि उनले जनाएका छन् । त्यस्तै, सरकार अब कुन पार्टीको हो भनेर नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरिएको उनले स्पष्ट पारेका छन् । भट्टराईले तीन दलको बैठकको निर्णय सुनाउँदै सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,”जसपा,नेका र नेकपाका शीर्ष नेताहरू नेका संसदीय दलको अफिसमा बसियो।प्रम केपी ओलीको संसद विघटन गर्ने कदम असंवैधानिक/अलोकतान्त्रिक/निरंकुश रहेको ठहर गरियो।यसकाविरूद्ध सबै प्रकारले संघर्ष गर्ने समझदारी गरियो।यो सरकार अब कुन पार्टीको हो नेकपाले छिटो स्पष्ट गरोस् भन्ने प्रश्न पनि गरियो!”



प्रतिक्रिया दिनुहोस्

Screenshot