Logo

लाभांश धेरै दिने यी कम्पनी



काठमाडौं, २६ पुस । कम्पनीले लाभांश प्रस्ताव गरेसँगै लगानीकर्ताहरु आकर्षित हुन्छन् । कम्पनीको शेयरमा लगानीकर्ताहरुको भिड लाग्ने गर्छ । लगानीकर्ताले सामान्यतया जुन शेयर किन्दा जुन कम्पनीले धेरै प्रतिफल दिन्छ उक्त कम्पनीको नै शेयर बढी खरिद गर्छन् ।

लाभांश धेरै दिने कम्पनीहरु मध्ये एक हो नविल बैंक लिमिटेड । गत आव ०७६/०७७ को कमाईबाट शेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ ।

हिमालयन डिष्टिलरी लिमिटेडले आव ०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५० प्रतिशत नगद गरेर जम्मा १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । कम्पनीको २० औं साधारण सभा पुसको २९ गते पर्सामा हुनेछ ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत कर प्रयोजनको लागि लाभांश वितरण गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई २७.७६९ प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

यसैगरी, ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्था लिमिटेडले २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यसैगरी धेरै लाभांश वितरण गर्नेहरुमा शिवम सिमेन्ट लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय सस्था लिमिटेड, स्पर्स लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया बैक, एनएमबि लघुवित्त रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot