Logo

नेपाल फाइनान्स र ललितपुर फाइनान्सबीच सहमति



काठमाडौं, २६ पुस । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष प्रा.डा.हिरेन्द्रमान प्रधान र ललितपुर फाइनान्सको तर्फबाट संचालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरेका हुन् ।

नेपाल फाइनान्सको करिब ३१ करोड रुपैयाँ र ललितपुर फाइनान्सको करिब २४ करोड रुपैयाँ चुक्तापुँजी रहेको छ ।
ललितपुर फाइनान्सलाई प्राप्ति पछि नेपाल फाइनान्सको नामबाट नै कारोवार हुनेछ र नेपाल फाइनान्सका संचालक समिति र व्यवस्थापनले संस्था संचालन गर्नेछन् ।

SWAP Ratio DDA Audit ले निर्धारण गरेको अनुपातमा प्राप्ति गर्न र समाहित हुन दुवै पक्ष सहमत भएका छन् । नेपाल फाइनान्सको २ शाखा छन् र थप ६ शाखा तथा २ एक्टेन्सन काउन्टर खोल्ने प्रक्रियामा रहेको छ । त्यस्तै, ललितपुर फाइनान्सको ३ वटा शाखा संचालनमा छन् । प्राप्ति पछि जम्मा शाखा सख्या १३ पुग्ने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot