Logo

सुनको मुल्य सयले बढ्यो



काठमाडौं, २९ पुस । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

सोमबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको थियो । त्यस्तै, तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमका कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मुल्य आज १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोेबार भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot