Logo

ओलीले राजनीतिक प्रहसन देखाइरहेको प्रचण्डको टिप्पणी



काठमाडौं, २९ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रहसन देखाइरहेको टिप्पणी गरेका छन् । आज नेकपाको आफ्नो समूहको काठमाडौं जिल्ला कमिटिद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीलाई विक्षिप्त र बौलाहट मानसिकताको व्यक्ति भएको आरोप समेत लगाए ।

‘हाम्रा केही साथीहरु विक्षित र राजनीतिक जोकर हुन्,’ प्रचण्डले ओलीतर्फ संकेत गर्दै भने,‘सय जना जुटेर ११ सयको केन्द्रीय कमिटी बनाए भनेर प्रहस देखाउने ?’
उनले ओलीलाई भगौडाको संज्ञा समेत दिए । पार्टीलाई लात हानेर हिंडेको आरोप लगाए । ‘मान्छेमा अलिकति लाज हुनुपर्ने निर्घिणी भएजस्तो लाग्यो ।’

प्रचण्डले सुर्य चिन्ह आफूहरुकै हुने दाबी गरे । निर्वाचन आयोगले आफूहरुकै पक्षमा निर्णय लिनेमा ढुक्क हुन आग्रह गरे । उनले,‘सुर्य चिन्ह हाम्रै हो ढुक्क हुनुहोस् ।’-तस्बिरः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्