Logo

बढ्यो रेमिट्यान्स,पाँच महिनामा चार खर्ब १६ अर्ब भित्रियो



भैरहवा, माघ १ । चालू आर्थिक वर्ष २०७७/७८ को पाँच महिनामा चार खर्ब १६ अर्ब रुपियाँ रेमिट्यान्समार्फत भित्रिएको छ । मुलुकमा कोरोना सङ्क्रमण सुरु भएयता उकालो लागिरहेको रेमिट्यान्स बढ्ने क्रम जारी छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आवको पाँच महिनामा अघिल्लो वर्षको तुलनामा १०.९ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैङ्कले बुधबार प्रकाशन गरेको तथ्याङ्कअनुसार चालू आवको मङ्सिरसम्म चार खर्ब १६ अर्ब ८१ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.४ प्रतिशतले वृद्धि भई तीन अर्ब ५२ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ०.प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ११.८ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७.६ प्रतिशतले बढेको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot