Logo

हैदरावाद हाउसमा ज्ञवाली र जयशंकरबीचको वार्तामा के होला



ऋषि धमला, नयाँ दिल्ली । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुनलागेको छ । भारतीय समय अनुसार विहान ११ बजे हैदरावाद हाउसमा विभिन्न चरणमा वार्ता हुन लागेको हो ।

शुरुमा नेपालको डेलिगेशन र भारतीय पक्षबीच वार्ता हुनेछ । त्यसपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस एन जयशंकरबीच वन टु वन वार्ता हुने भएको छ ।

दुई देशबीच व्यापार, पारवहन, कोरोनाविरुद्धको भ्याक्सिनलगायतका विषयमा कुराकानी हुने तय भएको छ । नेपालले सीमा समस्या समाधानको प्रस्ताव पनि राख्ने तयारी गरेको छ । तर, भारतले यसलाई पन्छाउने बुझिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भूभाग नेपालको भएको विषय उठाउने तयारी गरेका छन् । सीमाका अन्य समस्या समाधानबारे पनि ज्ञवालीले प्रस्ताव लाँदैछन् ।

यसैगरी, परराष्ट्रमन्त्री ज्ञवालीको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटको पहल भइरहेको छ । भ्रमणको तालिकामा भेट रहेको छैन । तर, नेपाली पक्षले यसको पहल गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot