Logo

नेकपा एकताको सम्भावना छैन : माधव नेपाल



काठमाडौँ, २ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब नेकपा एकताको सम्भावना नरहेको बताएका छन् । नेपालले प्रधानमन्त्री केपी ओलीसँग मिलेर अघि बढ्ने सम्भावना अब नरहेको बताएका हुन् ।

संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा नेपालले प्रधानमन्त्री ओलीलाई अवैधानिक प्रधानमन्त्रीको संज्ञा दिए ।

‘ढुक्क हुनुस् अब मिल्ने सम्भावना छैन । उहाँ पार्टी सदस्य हुन योग्य हुनुहुन्न । उनले सत्ताको दुरुपयोग गरेका छन्,’ उनले भने, ‘उनले आफूलाई कामचलाउ होइन भनिरहेका छन्, कामचलाउ होइन भने उहाँ अवैधानिक प्रधानमन्त्री हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot