Logo

अनियन्त्रित मोटरसाइकल घरमा ठोक्किदा दुई जनाको मृत्यु



चितवन, वैशाख २० । चितवनमा दुई जना सवार मोटरसाइकल अनियन्त्रित भएर घरमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ।गएराति पौने १२ बजे बजे जिल्लाको रत्ननगर नगरपालिका–४ वडा कार्यालय नजिक ना २२ प ३४४४ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा रत्ननगर–३ का २२ वर्षीय जीवन चौधरी र सोहि ठाउँ १८ वर्षीय सुमित महतोको निधन भएको हो ।

चितवन प्रहरीका अनुसार मोटरसाइकल सुमन गदालको घरको भित्तामा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकल चालक जीवन र मोटरसाइकलको पछाडि सवार सुमितको राति पौने १ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot